प्रहरीको टोलीले बामगठबन्धनको झण्डा फाल्दै गर्दा रंगेहात पक्राउ - Himal Post Himal Post
  • २० मंसिर २०८२, शुक्रबार
  •      Fri Dec 5 2025
Logo

प्रहरीको टोलीले बामगठबन्धनको झण्डा फाल्दै गर्दा रंगेहात पक्राउ



मंसिर १४,बर्दिया ।। बर्दियामा प्रसाशनकै आडमा वाम गठबन्धन विरुद्धको अभियान थालिएको छ । मंगलबार राति बाँसगढीमा प्रहरीको टोलीले बामगठबन्धनको झण्डा फाल्दै गर्दा रंगेहात पक्राउ परेपछि प्रहरी र प्रशासनको संलग्न भएको पुष्टि भएको छ ।

बाँसगढी नगरपालिकाको वडा नम्बर ८ जुरैना गाउँमा मध्यरातमा वाम गठबन्धनको झन्डा निकाल्दै फाल्दै गर्दा एकजना प्रहरी जवान र अन्य म्यादी प्रहरी सहितको टोली पक्राउन परेको हो ।राति १० बजे अस्थाई प्रहरी चौकी ककौराका प्रहरी जवान हेमन्त केसी, म्यादी प्रहरी लोकबहादुर खड्का, प्रकाश बयरकोटि समेतका ७ जनालाइ पक्राउ गरी अस्थाई प्रहरी

चौकीलाइ बुझाइएको संयुक्त युवा विद्यार्थी जिल्ला निर्वाचन परिचालन कमिटीका संयोजक ध्रुब थापाले बताए । अध्यक्ष थापाले आगामी दिनमा यस्तो हर्कत गरिए आफूहरु चुप लागेर नबस्ने चेतावनी दिए।यस बारेमा स्थाई प्रहरी चौकी ककौराका असई अमर खत्रीले आफुलाई केही जानकारी नभएको वताए पनि पक्राउ परेका उनीजरूलाई इलाका प्रहरी कार्यालय बाँसगढीमा पठाइएको जानकारी दिए ।

संयुक्त वाम गठबन्धन निर्वाचन परिचालन कमिटी बर्दियाले उक्त कार्यको भर्त्सना गर्दै सत्ताको आडमा यस्ता कर्यहरु नगर्न चेतावनी दिएको छ ।