बस दुर्घटना:विवेकशील साझा पार्टी अर्घाखाँचीद्वारा दुख व्यक्त
हिमाल पोस्ट /अर्घाखाँची,१२
कमठमाण्डाैबाट सन्धिखर्क आउँदै गरेकाे बस दुर्घटना भई जनधनकाे क्षति भएकाेमा विवेकशील साझा पार्टी अर्घाखाँचीले गम्भीर दुख व्यक्त गरेकाे छ ।
निर्वाचन र दिवालीकाे सम्मुखमा अर्घाखाँचि आउँदै गर्दा लु २ ख २९१ नम्वरकाे बस दुर्घटना भई जनधनकाे क्षेति भएकाे घटनाले आफूलाई मर्माहत बनाएकाे पार्टीले जनाएकाे छ ।
पार्टीका नेता हरि प्रसाद भुसालले आज एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै ज्यान गुमाउनेहरुकाे चिर शान्तीकाे कामना गर्दै घाईतेहरुकाे शीघ्र स्वास्थ्य लाभकाे कामना समेत गरेका छन् ।
घाइतेहरुकाे उपचारमा सम्बन्धित पक्षले ध्यान नदिएकाे भन्दै पार्टीले जतिसक्दाे छिटाे प्रभावकारी उपचारकाे प्रबन्ध मिलाउन समेत माग गरेकाे छ ।