सुतली बम विस्फोट हुँदा ७ जना घाइते - Himal Post Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

सुतली बम विस्फोट हुँदा ७ जना घाइते



तुलसीपुर- दाङको तुलसीपुरस्थित वीरेन्द्रचौकमा मंगलबार सुतली बम विस्फोट हुँदा ७ जना घाइते भएका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी कार्यक्रम भएको ठाउँदेखि करिब ५ सय मिटरको दूरीमा दिउँसो पौने ४ बजे विस्फोट भएको दाङ प्रहरीले जनाएको छ।

विस्फोटका कारण होमलाल रायमाझी, नेपबहादुर खत्री, जेनी ओली डिसी, देवी डिसी, नरमणि बुढा, सुनीता चौधरी र म्यादी प्रहरी विनोद चौधरी घाइते भएका छन्।

तीन जनालाई टाउकोमा चोट लागेको छ भने चार जनालाई खुट्टामा सामान्य चोट लागेको जनाइएको छ। घाइतेमध्ये तीन जनालाई नेपालगञ्ज रिफर गरिएको छ।

प्रधानमन्त्री देउवा कार्यक्रम सकेर निस्केको करिब दस मिनेटमै विस्फोट भएको थियो। प्रधानमन्त्रीको कार्यक्रमलाई लक्षित गरी विप्लव समूहले विस्फोट गराएको आशंका गरिएको छ।