एकीकृत टुर एण्ड ट्रावल्सको घोषणा !
नयाँ दिल्ली,१० मङ्सिर ।
दशकौंदेखि भारतको राजधानी नयाँ दिल्ली देखि नेपालको विभिन्न सहरहरूमा यातायात सेवा दिँदै आएका केही ट्रावल्स बिच एकता भएको छ ।
सुपा देउराली टुर एण्ड ट्रावल्सका प्रतिनिधि कृष्ण पौडेलको अध्यक्षतामा भारत नेपाल मैत्री टुर एन्ड ट्रावल्सको केन्द्रीय कार्यालय सकुरपुर नयाँ दिल्लीमा बसेको बैठकमा दिल्लीमा कार्यरत अधिकांश ट्राभल कम्पनीका प्रतिनिधिहरू सहभागी थिए ।
अस्त व्यस्त दिल्ली नेपाल यातायात सेवालाई सुदृढ गर्दै असमान भाडादरलाई समान बनाउने , यात्रीहरुलाई गन्तव्यमा पऱ्याउन एक अर्कालाई सहयोग गर्नुका साथै अब उप्रान्त सञ्चालन हुने नयाँ सेवालाई संयुक्त रूपमा चलाउने सहमति भएको छ ।
एम्बुलेन्स सेवा, गेस्ट हाउस सञ्चालन लगायतका सेवा सञ्चालन गर्ने लगायत अन्य विषयमा सम्पूर्ण कम्पनी सहमत भएर अगाडी बढ्ने कुरा सार्वजनिक भएको हो ।
अपांग, असहाय र अलपत्र परेकाहरुलाई सकुसल नेपालसम्म पठाउने विषयमा समेत बताएका थिए ।
यस्तो छ नव निर्वाचित एकीकृत टुर एन्ड ट्रावल्स
१ अध्यक्ष : कृष्ण पौडेल – सुपा देउराली
२ उपाध्यक्ष : रामचन्द्र ढुंगाना – भारत नेपाल मैत्री
३ उपाध्यक्ष : बिमल पाण्डे – मनकामना
४ उपाध्यक्ष : सीता बस्याल : सीता टुर एन्ड ट्रावल्स
५ उपाध्यक्ष :एन पि अधिकारी
६ महासचिव : विष्णु कु बस्नेत – युनाइटेड
७ सचिव : माईकल क्षेत्री – सुप टुर एन्ड ट्रावल्स
८ कोषाध्यक्ष : कृष्ण राज गैह्रे – भारत नेपाल मैत्री
९ सह कोषाध्यक्ष : करिस्मा सिंह : रेसुङा ट्रावल्स
सदस्य : शिव भट्टराई
तुलाराम शर्मा