निर्वाचनले विमानस्थलमा यात्रुको चाप - Himal Post Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

निर्वाचनले विमानस्थलमा यात्रुको चाप



निर्वाचन नजिकिँदै गर्दा आन्तरिक उडानमा चाप परेको छ। देशको एक मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सुगम क्षेत्रको आन्तरिक उडानमा १५ प्रतिशतसम्म चाप बढेको खबर छ ।

विमानस्थल कार्यालयका प्रवक्ता ठाकुरले भने,

-सुगममा उडान भर्ने सबै एयरलाइन्स कम्पनीले पहिलाभन्दा बढी उडान तालिका राखेका छन् ।

-निर्वाचनका लागि उपत्यकाबाहिर जाने यात्रुको संख्या बढेसँगै एयरलाइन्स कम्पनीले उडान तालिकासमेत बढाएका छन् ।

-पर्यटकीय सिजन अफ हुन लागिसकेको अवस्थामा पनि नजिकिँदै गरेको निर्वाचनले विमानस्थलमा चाप बढेको उनले बताए ।

सामान्य अवस्थामा विमानस्थलबाट आन्तरिक र अन्तर्राष्ट्रिय गरी दैनिक तीन सय ५० वटा उडान तथा अवतरण हुने गरे पनि अहिले त्यो बढेर चार सय ५० सम्म पुग्ने गरेको छ।

निर्वाचनले आन्तरिक उडानमा ३० देखि ३५ प्रतिशतसम्म यात्रु बढेको सिम्रिक एयरलाइन्सका बजार व्यवस्थापक प्रज्वल थापा बताउँछन् । उत्तम काप्रीले आजको अन्नपूर्ण पोस्टमा लेखेका छन् ।