संविधान कार्यान्वयनका लागि काँग्रेस - Himal Post Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

संविधान कार्यान्वयनका लागि काँग्रेस



पाल्पा , ६ मंसिर

आगामी प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनको लागि नेपाली काँगे्रले पालला जिललामा निर्वाचन प्रचार प्रसारलाई तिव्र गतिमा अगाडी बढाएको छ । चुनावी प्रचार प्रसारको क्रममा बग्नासकाली गाउँपालिकाको चिर्तुङ्गधारा र पोखराथोकमा आयोजित सभालाई सम्बोधन गर्दै पार्टीका पूर्व केन्द्रीय सदस्य राजन प्रसाद पन्तले संविधान कार्यान्वयन , लोकतन्त्रको संस्थागत विकास र रक्षाका लागि नेपाली काँग्रेस विना संभव नभएको बताएका छन् ।

प्रदेश सभाका समानुपातिक उम्मेदवार तथा पार्टी सभापति विर बहादुर रानाले बामगठबन्धनले एक दलीय तानाशाही व्यवस्था लिएर आउने हुदाँ त्यस तर्फ सचेत रहन मतदातालाई आग्रह गर्नु भयो । कार्यक्रमा प्रतिनिधि सभा क्षेत्र नम्वर २ का उम्म्ोदवार तथा पार्टीका केन्द्रीय सदस्य हरि प्रसाद नेपालले शान्ति ,शुसान ,विकास र समृद्धिका लागि नेपाली काँग्रेस विना संभव नभएको बताउनु भयो ।

प्रदेश सभाका उम्मेदवार माधव नेपालले समग्र पाल्पाको विकास र पाल्पाली जनताको उन्नतिका लागी नेपाली काँग्रेसका उम्मेदवारहरुलाई विजय गराउन मतदातालाई आग्रह गर्नु भयो । नेपाल महिला संघ केन्द्रीय सदस्य रमा पन्तले शान्ति समृद्धि र राजनैतिक स्थायित्वका लागि नेपाली काँग्रेसको रुख चिन्हमा मतदान गर्न मतदातालाई आग्रह गर्नु भयो ।

कार्यक्रममा महासमिति सदस्य सुनीता अधिकारी, यमलाल तिमिल्सेना , जिल्ला सदस्य दिपक घिमिरे , जिल्ला सचिव झपेन्द्र गहिरे , नेपाल विद्यार्थी संघका जिल्ला सभापति कृष्ण आले, वडा सभापतिहरु प्रकाश नेपाल, टेक बहादुर राना लगायतले बोल्दै जनताको पक्षमा नेपाली काँगे्रस रहेकाले पार्टीका उम्मेदवारहरुलाई मतदान गर्न मतदाता सँग आग्रह गर्नु भएको थियो ।