तरकारी: पैसा तिरेर बिष किन्नुभएको त छैन ?
काठमाडौं-
तरकारीमा व्यापक विसादी मिसाइने गरेको रहस्य खुलेको खबर आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा छ ।
साउनदेखि अहिलेसम्म खुर्सानी र भिन्डीमा उच्च मात्रामा विषादी मिसाइएको देखिएको छ ।
जसको मात्रा ४५ प्रतिशतमाथि रहेको छ । आजको नेपाल समाचारपत्रमा प्रशान्त वलीले लेखेका छन् ।
रोकावटदर देखाउने मेसिनले ३५ प्रतिशतसम्मलाई खानयोग्य ठान्छ ।
तरकारीमा विषादीको प्रयोग व्यापक भए पनि कर्मचारीको पर्याप्त दरबन्दी हुन नसक्दा परीक्षण प्रभावकारी हुन सकेको छैन ।
बाली संरक्षण निर्देशनालयबाट बरिष्ठ बाली संरक्षण अधिकृतको नेतृत्वमा तीन जना कर्मचारी तरकारी परीक्षणका लागि खटिने गरेका छन् ।
विज्ञहरुले उमालेर अथवा धेरै मात्रामा पखालेर तरकारी खान सुझाव दिएका छन् ।