शृंखलाबद्ध आक्रमण : आयोगको शंका - Himal Post Himal Post
  • १० माघ २०८२, शुक्रबार
  •      Fri Jan 23 2026
Logo

शृंखलाबद्ध आक्रमण : आयोगको शंका



काठमाडौं-

कात्तिक २४ मा निवर्तमान गृहमन्त्री एवं माओवादी केन्द्रका नेता जनार्दन शर्मामाथि रुकुममा बम आक्रमण भएकै दिन निर्वाचन आयोगमा सुरक्षा अधिकारीको बैठक बसेको थियो।

चारवटै सुरक्षा निकायका प्रतिनिधिले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहबाट सानोतिनो हिंसा मच्चाउन सक्ने भए पनि सुरक्षा दृष्टिले ‘ढुक्क हुन’ आयोगलाई आश्वस्त बनाएका थिए। आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

‘केही दिनयताका घटनाले हामी निकै चिन्तित छौं,’ प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले भने, ‘त्रासमय वातावरण छ। उम्मेदवार मात्र होइन, मतदातामा पनि त्रास फैलिएको छ।’

शंका
विप्लव नेतृत्वको माओवादीले स्थानीय तह निर्वाचनमा छिटपुट घटना गराए पनि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन लक्षित ‘ठूला हिंसात्मक’ घटनाले भने भयरहित चुनावी वातावरणमा शंका पैदा गरेको छ।

एकपछि अर्को नेता लक्षित बम आतंक मच्चिएको छ। सरकार र सुरक्षा निकायले विप्लव समूहको ‘शक्ति’ को सही अनुमान गर्न र त्यसअनुसारको सुरक्षा रणनीति बनाउन नसक्दा हिंसाका घटना बढ्दै गएको एकथरी विश्लेषकको भनाइ छ।

‘सोच्दै नसोचेका घटना भइरहेका छन्,’ प्रमुख आयुक्त यादव भन्छन्, ‘सुरक्षा निकाय सचेत भएर यस्ता घटना नियन्त्रणमा लिनुपर्ने स्थिति छ।’