गुल्मीमा बिप्लब माओबादी कार्यकर्ता प्रक्राउ - Himal Post Himal Post
  • २२ जेष्ठ २०८३, शुक्रबार
  •      Fri Jun 5 2026
Logo

गुल्मीमा बिप्लब माओबादी कार्यकर्ता प्रक्राउ



गुल्मी : आगामी मंसिर २१ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा अपराधिक घटनाहरु बड्न र बडाउन सक्ने भन्दै बिप्लब माओबादीका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरीकार्यलय गुल्मीका डिएसपी गंगा थापाका अनुसार रेसुङगा नगरपालिका वडा नं ७ नेटाबाट बिप्लब माओबादीका कार्यकर्ता प्रशान्त बराललाई प्रक्राउ गरिएको बताए । थापाका अनुसार निर्वाचन लक्षित एबम पुर्ब घटनाहरुलाई पनि आघार मानि प्रकाउ गरिएको हो । बराललाई सार्बजानिक अपराध ऐन २०२७ अनुसारको मुद्धा दर्ता गरि अनुसन्धान थालिएको बताए।

यता बिप्लब माओबादीका जिल्ला शेक्रेटरी खिम खडकाले भने राजनीतिक आस्थाका आधारमा प्रशासनले अपराधिक शैलीमा सादापोशाकमा घरमै गई प्रक्राउ गरेकोमा दुख ब्याक्त गर्दैै यस शैलीले शान्ती प्रक्रियामा अझ खलबल ल्याउने कार्य प्रशासनलेनै गरेको आरोप लगाए ।