खाँडको प्रश्नः कम्युनिष्ट शासनका लागि मदन भण्डारी बाधक बने? - Himal Post Himal Post
  • २० माघ २०८२, सोमबार
  •      Mon Feb 2 2026
Logo

खाँडको प्रश्नः कम्युनिष्ट शासनका लागि मदन भण्डारी बाधक बने?



अाचार्य प्रदीप
बुटवल : नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा चुनाव परिचालन र प्रचार–प्रसार समितिका प्रमुख बालकृष्ण खाँडले एमाले र माओवादीको प्रयास कम्युनिष्ट व्यवस्था नै भएको दाबी गरेका छन्।

वामगठबन्धनको नाममा एमाले र माओवादीले मुलुकमा ‘एक दलीय तानासाह’ जन्माउन खोजेको खाँडले दावी गरे।

कांग्रेसको प्रदेशस्तरीय प्रचार प्रसार समन्वय उपसमिति अर्थात् मिडिया सेन्टरको बुटवलमा मंगलबार उद्घाटन् गर्दै खाँडले भने, ‘ओली र प्रचण्डले सक्नुहुन्छ भने नेपालमा कम्युनिजम ल्याउन चाहेकै हो, ल्याउन सक्छन कि सक्दैनन् त्यसमा म बहस गर्न तयार छु।’

माओवादी केन्द्रले मुलुकलाई कम्युनिष्ट प्रयोगशाला बनाउन खोजेको भन्दै खाँडले थपे, ‘हिजो माओवादीले अन्तर्राष्ट्रिय संस्थालाई पनि प्रयोग गरेको हो, राजसंस्थालाई पनि प्रयोग गरेको हो।’

‘राणा र पञ्चायती तानाशाह स्वीकार नगरेका नेपाली जनताले कम्युनिष्ट तानाशाह स्वकिार गर्न पनि असम्भव छ’, खाँडले भने।

कांग्रेस नेता खाँडले दासढुंगा घटनाको छानविन हुनुपर्ने माग पनि गरे। ‘जनताको बहुदलीय जनवाद भन्ने मदन भण्डारी कतै त्यतिखेर कम्युनिष्ट शासनका लागि बाधक बनेनन्?’, खाँडले थपे, ‘राज्यले अब दासढुंगा घट्नाको छानविन गरी दोषी पत्ता लगाउनु पर्दछ।’

खाँडले लोकतान्त्रिक गठबन्धनले बहुमत ल्याउने दावी पनि गरे। रुपन्देहीलाई विकसित जिल्ला बनाउने आश्वासन दिँदै उनले भने, ‘विदेश गएका भाईबहिनीहरु ५ वर्षपछि आउँदा रुपन्देही हो र भन्ने खालको बनाउँछौं।’