मुक्तक मञ्च पोखराको ११४औँ मुक्तक वाचन कार्यक्रम सम्पन्न । - Himal Post Himal Post
  • १२ असार २०८३, शुक्रबार
  •      Fri Jun 26 2026
Logo

मुक्तक मञ्च पोखराको ११४औँ मुक्तक वाचन कार्यक्रम सम्पन्न ।



पोखरा ।
मुक्तक मञ्च पोखराको ११४औँ मुक्तक वाचन कार्यक्रम सम्पन्न भएको छ । मुक्तकको उत्थान हाम्रो अभियान भन्ने मूल उद्घोषका साथ मुक्तकमा क्रियाशील संस्थाको कार्यक्रम पोखराको नदिपुरमा रहेको वालमन्दिरमा भएको थियो ।

प्राकृतिक सौन्दर्यका अलावा कला र साहित्यमा पनि धनी पोखरामा मुक्तक मञ्चले हरेक महिनाको अन्तिम शनिवार नियमित रूपमा मुक्तक वाचन श्रृंखला आयोजना गर्दै आएको छ । पोखराको साहित्य जगतमा थुप्रै मुक्तककारहरु जन्मिसकेका छन् । यस संस्थाले नयाँ प्रतिभाहरुलाई मुक्तक लेखन सँगै वाचनमा प्रोत्सान गर्दै आइरहको छ ।

कार्यक्रममा अजय अनमोल, किरण ढकाल, रबिन ढकाल, रोशन तल्कोटे, भरत पोखरेल, अनिता दाहाल, सविता सापकोटा, शशी अधिकारी, गौरी तमु, दीपक समिप लगायत अन्य दुई दर्जन भन्दा बढीले मुक्तक वाचन गरेका थिए ।

संस्थाका अध्यक्ष प्राञ्जलको अध्यक्षता तथा सल्लाहकार दीपक समिपको आतिथ्यतामा कार्यक्रम अगाडी बढेको थियो । प्राय युवापुस्ताको उपस्थिति रहेको कार्यक्रममा प्रेमिल मुक्तकहरु सुनिएको थियो । सल्लाहकार दीपक समिपले मुक्तकमा युवा पुस्ताले देखाएको उत्सुकता र नयाँ मुक्तक सुन्न पाएर खुसी भएको बताए । उनले पनि युवापुस्तालाई लक्षित गरी प्रेमिल मुक्तक नै सुनाए । संस्थाका अध्यक्ष प्राञ्जलले पोखरा भन्दा बाहिरका केही मुक्तककारका मुक्तकसँगै आफ्नो मुक्तक पनि सुनाए ।

कार्यक्रमको सञ्चालन संस्थाका सचिव रामजी प्रसाद आचार्यले गरेका थिए ।