एमाले एक नम्वर भ्रष्ट पार्टी हो - रञ्जु दर्शना (भिडियो सहित ) - Himal Post Himal Post
  • १२ असार २०८३, शुक्रबार
  •      Fri Jun 26 2026
Logo

एमाले एक नम्वर भ्रष्ट पार्टी हो – रञ्जु दर्शना (भिडियो सहित )



काठमाडौं। विवेकशील साझा पार्टीकी केन्द्रीय सदस्य तथा काठमाडौ महानगरपालिकाको मेयरकी उम्मेदबार रञ्जु दर्शनाले नेकपा एमालेलाई एक नम्बरको भ्रष्ट पार्टीको संज्ञा दिएकी छन्।

एमालेमा प्रवेश गर्ने तयारी गरेको भन्ने समाचारको खण्डन गर्दै उनले एमाले सवै भन्दा भ्रष्ट पार्टी भएकाले त्यो पार्टीमा प्रवेश गर्ने कुरा हुनै नसक्ने बताएकी हुन् ।

डा गोविन्द केसीको अनसनमा ऐक्यवद्धता जनाउँदै आएकी उनले मेडिकल माफियाहरुले सञ्चालन गरेको पार्टी एमाले देशकै भ्रष्ट पार्टी भएको बताउँदै आएकी छिन।

दर्शनाले विवेकशील साझा पार्टीलाई राष्ट्रिय पार्टी बनाउने लक्ष्य लिएर आफूहरु लागिपरेको बताइन।

आफ्नो फेसबुक पेजमा भिडियो मार्फत् उहाँले नेपालका सबै राजनीतिक दलका नेताहरू र पार्टीको चर्को विरोध गरेकी छन्।