फरार गोयल नक्सालबाट पक्राउ - Himal Post Himal Post
  • १२ असार २०८३, शुक्रबार
  •      Fri Jun 26 2026
Logo

फरार गोयल नक्सालबाट पक्राउ



काठमाडौँ-

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले विदेशी विनिमय मुद्दामा फरार रहेका अभियुक्तलाई पक्राउ गरेको छ।

ब्युरोको टोलीले सर्वोच्च अदालतबाट २०७४ वैशाखमा रु एक करोड १७ लाख ४२ हजार ९३६ को जरिवानाको फैसला सुनाएपछि फरार रहेका भीमेन्द्रकुमार गोयललाई सोमबार नक्सालबाट पक्राउ गरेको हो। गोयललाई काठमाडौँ जिल्ला अदालतको आदेशानुसार कैद भुक्तानका लागि आजै डिल्लीबजार कारागार पठाइएको ब्युरोले जनाएको छ।