मदन भण्डारी स्पोर्टर्स एकेडेमी बुटवलद्वारा रक्तदान - Himal Post Himal Post
  • १२ असार २०८३, शुक्रबार
  •      Fri Jun 26 2026
Logo

मदन भण्डारी स्पोर्टर्स एकेडेमी बुटवलद्वारा रक्तदान



बुटवल, कात्तिक ११ ।

पछिल्लो समय फैलिदै गएको डेंगु रोगका कारण अत्याधीक रूपमा बढेको रगतको मागलाई मध्यनजर गर्दैे मदन भण्डारी स्पोर्टस् एकेडमी बुटवल उपमहानगर कमिटीले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । शुक्रवार बुटवल उपमहानगरपालिका १२ तामनगर चोकमा आयोजना गरिएको कार्यक्रममा ४ महिला सहित ७७ जनाले रक्तदान गरेको एकेडेमीले जनाएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि बुटवल उपमहानगरपालिका प्रमुख शिबराज सुबेदीले डेंगु रोगले महामारीको रूप लिन सक्ने भन्दै स्थानीयलाई सचेत रहन आग्रह गरे । उनले बुटवलमा रगतको माग अत्याधीक बढेकाले एकेडेमीले आह्वान गरेको रक्तदान कार्यक्रम सकारात्मक भएको पनि बताएका छन् । कार्यक्रममा बोल्दै नेपाल स्वयम् सेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्णचौहान क्षेत्रीले बुटवलमा रगतको अभाव हुन नदिन आफूहरू लागी परेको बताए ।

ऐकेडेमीका बुटवल सदस्य एवम् बुउमनपा–१२ का ईन्चार्ज तथा कार्यक्रम संयोजक किशोर सुवेदीको अध्यक्षतामा भएको कार्यक्रमा बुटवल– १२ का वडाध्यक्ष दुर्गा सुबेदी, एमाले प्रदेश कमिटी सदस्य गुरुप्रसाद शर्माको समेत उपस्थिति रहेको थियो । ऐकेडेमीका बुटवल उपमहानगर कमिटीका अध्यक्ष बिकासजंग बस्नेतको स्वागत तथा सचिव नवसुजित भण्डारीको सञ्चालनमा कार्यक्रम भएको थियो । रक्तदानको प्राविधिक सहयोग रक्तसञ्चार केन्द्र, बुटवलले गरेको थियो ।