भरतपुरमा प्रचण्डलाई १० हजारजत्ने मतले जिताउने यस्तो छ देवीको रणनीति ! - Himal Post Himal Post
  • २९ मंसिर २०८२, आईतवार
  •      Sun Dec 14 2025
Logo

भरतपुरमा प्रचण्डलाई १० हजारजत्ने मतले जिताउने यस्तो छ देवीको रणनीति !



काठमाडौं/कात्तिक ९

एमाले नेता देवि ज्ञवालीले भरतपुरमा प्रचण्डले ९ देखि १० हजारजत्ने मतले जित्ने दावी गरेका छन् । स्थानीय चुनावको बेला काँग्रेसले माओवादीलाई हतियार बनाएपनि अव एमाले कार्यकर्ताले त्यो बुझेकोले प्रचण्डलाई जिताउने दावी गरे ।

प्रचण्ड उम्मेदवार हुने ३ नम्बर क्षेत्रमा भरतपुर महानगरपालिकाका २९ मध्ये २० वटा पर्ने र माडि नगरपालिका पर्ने भएकोले त्यहाँ वामपन्थीको मत बढी हुने उनको दावी छ । ‘माओवादी एक्लैको २१ हजार भन्दा बढि मत र एमालेले वडामा ३८ हजार ५ सय मत पाएको छ, माडीमा वामपन्थी मत कांग्रेसको तुलनामा ८ हजार बढि छ’ उनले भने भरतपुरका २० वटा वडामा एमाले र माओवादी केन्द्रले पाएको मत जोड्ने हो भने कांग्रेसको तुलनामा कता हो कता धेरै हुन्छ।’

राप्रपाले कांग्रेसकै उम्मेदवारलाई मत दियो भनेपनि सुविधाजनक ढंगले जित्ने उनको दावी छ । ‘त्यहाँ राप्रपाले पाएको मत भनेको कुल ८–९ हजार हो, त्यो मत कांग्रेसकै भागमा हाल्ने हो भने पनि चितवन ३ मा अहिलेकै स्थितिमा वामपन्थी उम्मेदवारले ९–१० हजार मतान्तरले जित्ने स्थिति छ’ उनले भने ।  ज्ञवालीका अनुसार एमाले माओवादी एकताभावले गर्दा अझ धेरै मतान्तरले जित्न सक्ने उनको भनाई छ ।

स्थानीय चुनावको बेला एमालेलाई रोक्न कांग्रेसले माओवादीलाई बोकेर एमालेविरुद्ध माओवादीलाई हतियार बनाएको तर अव एमाले कार्यकर्ताले त्यो बुझेको उनको भनाई छ । ‘कसले कसका विरुद्ध प्रयोग गरेका छन् भन्ने कुरा एमालेका जेन्टल कार्यकर्ताहरुले बुझिहाल्छन्’ उनले भने ‘अब त्यतिधेरै समस्या छैन। भोट हालेनन् नै भनेपनि एकाध कार्यकर्ताले नहाल्लान्।’ अहिले माओवादी केन्द्र एमालेको सहयोगी बनेको कुरा एमाले कार्यकर्ताले बुझेकोले प्रचण्डजीको पक्षमा मतदान गर्ने उनको भनाई छ ।