बाबुराम र नारायणकाजीको चुनावी क्षेत्र अति संवेदनशील
गोरखा –
आगामी मंसीर १० गते हुने पहिलो चरणको प्रतिनिधिसभाको निर्वाचनमा जिल्लाको ६८ वटा मतदानस्थल अति संवेदनशील रहेको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताएका छन् ।
चुनावलाई लक्षित गरेर बनाइएको केन्द्रीय सुरक्षा योजनामा पहिलो चरणमा चुनाव हुने क्षेत्रमध्ये गोरखालाई अति संवेदनशीलको सूचीमा राखिएको छ ।
६८ वटा अति संवेदनशीलमध्ये धेरै २ नम्बर क्षेत्रमा नै रहेका छन् । आजको नेपाल समाचारपत्रमा खबर छ ।
प्रजिअ बस्नेतले भने,
-नयाँ शक्तिका नेता डा. बाबुराम भट्टराई र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठको निर्वाचन क्षेत्रका मतदानस्थलहरु अति संवेदनशीलमा परेका छन् ।