ओलीको आह्वान : निर्वाचन सफल रुपमा सम्पन्न गरौ ! - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

ओलीको आह्वान : निर्वाचन सफल रुपमा सम्पन्न गरौ !



भक्तपुर, कात्तिक ४ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिरमा हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचन सफल रुपमा सम्पन्न गर्न सबैमा आह्वान गरेका छन्।

शनिबार भाइटीकाको दिन अध्यक्ष ओली निवास बालकोटमा बहिनीहरु कौशल्या कोइराला र विष्णुमाया ढकाल तथा भान्जीहरु देवका शिवाकोटी र इन्दिरा शिवाकोटीको हातबाट भाईटीका ग्रहण गरेपछि संचारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिँदै निर्वाचनमा कहीँकतैबाट पनि व्यवधान आउन नदिन सचेत हुनुपर्नेमा जोड दिएका छन।

अध्यक्ष ओलीले निर्वाचनलाई शान्तिपूर्ण ढंगले सम्पन्न गर्नुपर्ने दायित्व पूरा गर्न सरकारको पनि ध्यानाकर्षण गराएका छन । अध्यक्ष ओलीले त्यस अवसरमा तिहार, आउँदै गरेको छठ पर्वको पनि शुभकामना दिए। उनले भाईटीकालाई आफूले दिदीबहिनीसँगको आत्मीयता साटासाट गर्ने पर्वको रुपमा लिने गरेको बताए।