कम्युनिस्टले प्रजातन्त्र खतरामा पर्दै छन : देउवा - Himal Post Himal Post
  • ११ असार २०८३, बिहीबार
  •      Thu Jun 25 2026
Logo

कम्युनिस्टले प्रजातन्त्र खतरामा पर्दै छन : देउवा



भक्तपुर :

प्रधानमन्त्री शेरबहादुर देउवाले कम्युनिष्टहरुबाट मुलुक र प्रजातन्त्र खतरामा रहेको बताएका छन्। नेपाली कांग्रेस भक्तपुरले नेपाल संवत् ११३८, शुभदीपावली तथा छठ पर्वको अवसरमा शुक्रबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले कम्युनिष्टहरुले अधिनायकवादी शासन गर्ने भएकाले त्यहाँ प्रजातन्त्र भन्ने नै नहुने बताएका हुन्।

‘मुलुकमा अधिनायकवादी शासन लाद्न एमाले र माओवादी केन्द्रले कम्युनिष्ट एकता गर्दैछन्। कम्युनिष्टहरुको शासन राणाशासनभन्दा कडा तानाशाही र निरंकुश हुन्छ’, कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले भने, ‘उनीहरु डरत्रास मच्चाएर शासन गर्छन्। त्यसैले मुलुक र प्रजातन्त्र कम्युनिष्टहरुबाट खतरामा छ।’
मुलुक र प्रजातन्त्रको रक्षार्थ अबको निर्वाचनमा कांग्रेस विजयी हुनुपर्ने उनको भनाइ थियो। उनले निर्वाचनमा कांग्रेस नेता तथा कार्यकर्ताहरुलाई अहिलेसम्मका मतभेद छाडेर एकजुट भएर अघि बढ्ने निर्देशन दिए। ‘निर्वाचनमा टिकट पाउने एकजनाले हो’, सभापति देउवाले भने, ‘त्यसैले कांग्रेसले जित्नुपर्छ। स्बैं एक भएर अघि बढ्नुपर्छ।’

उनले कांग्रेस भक्तपुरद्वारा प्रकाशित ‘जय नेपाल भक्तपुर’, नामक स्मारिकसमेत विमोचन गरेका थिए। कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखक, भक्तपुर जिल्ला सभापति दुर्लभ थापा, सचिव उद्धव सिलवाल, भक्तपुर क्षेत्र १ र २ का क्षेत्रीय सभापतिद्वय क्रमशः जीवन खत्री र नारायणभक्त खायमलीले अबको निर्वाचनमा प्रजातन्त्रको लागि कांग्रेस जित्नुपर्ने बताए।

अन्नपूर्णपोष्टमा खबर छ