श्राद्ध गर्न गएका अर्घाखाँचीका दुई दाजुभाइ नुहाउने क्रममा नारायणी नदीमा डुबेर बेपत्ता - Himal Post Himal Post
  • २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
Logo

श्राद्ध गर्न गएका अर्घाखाँचीका दुई दाजुभाइ नुहाउने क्रममा नारायणी नदीमा डुबेर बेपत्ता



चितवन, कात्तिक २ ।

पवित्र तीर्थस्थल देवघाट धाममा श्राद्ध गर्न आएका दुई दाजुभाइ नुहाउने क्रममा आज दिउँसो नारायणी नदीमा डुबेर बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्यका अनुसार डुबेर बेपत्ता हुनेमा अर्घाखाँचीका  ३८ वर्षीय चन्द्रमान श्रेष्ठ र उहाँका भाई २८ वर्षीय राजकुमार श्रेष्ठ हुनहुन्छ ।

बिहीबार दिउँसो १ बजे श्राद्ध गर्न पूर्व देवघाटतर्फको नदीमा नुहाउने क्रममा उनीहरू डुबेर बेपत्ता भएको बताइएको छ ।

प्रहरी नायब उपरीक्षक आचार्यका अनुसार बेपत्ता श्रेष्ठ दाजुभाईको खोजी कार्य जारी छ । रासस