मिठाईमा यसरी ठगिन्छन ग्राहक
कार्तिक २, काठमाडौं-
बिशेष गरि चाड पर्वमा मिठाइ किन्दा उपभोक्ताहरु अत्यधिक ठगिने गरेका छन् । यो समयमा मिठाइजन्य कारोवार उच्च हुने गर्छ ।
विभिन्न प्रकारका मिठाईहरुमा प्रतिकिलो १ हजारदेखि १ हजार २ सय रुपैयाँसम्म व्यापारीले असुल्ने गरेको पाइएको छ ।
बढी मूल्य लिएको भन्दै आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संंरक्षण विभागले काठमाडौं बानेस्वरस्थित संगम स्वीटलाई चित्त बुझ्दो जवाफ पेस गर्न निर्देशन दिएको छ ।
तिहार नजिकिएसँगै अन्य समयको तुलनामा मिठाई पसलमा ग्राहकको भिड दिनप्रतिदिन बढेको छ ।
आजको नेपाल समाचारपत्रमा यो खबर छ ।