रेडियो देउरालीले स्टुडियो बाटै गर्‍यो काग सम्मेलन । - Himal Post Himal Post
  • ११ असार २०८३, बिहीबार
  •      Thu Jun 25 2026
Logo

रेडियो देउरालीले स्टुडियो बाटै गर्‍यो काग सम्मेलन ।



अर्घाखाँची ३१आस्विन
हिन्दुहरूको महान् चाड शुभ दीपावली (तिहार) २०७४ को पहिलो दिन काग तिहारको अवसर पारेर रेडियो देउराली १०१ मेगाहर्ज अर्घाखाँचीले रेडियोको अन एयर बाटै काग सम्मेलन गरेको छ ।

विभिन्न पशुपंक्षिको हुबहु आवाज निकाल्ने प्रतिभा भएका, जिल्ला युवा प्रतिभा पुरस्कार बाट समेत सम्मानित भएका रेडियो देउरालीका कार्यक्रम प्रस्तोता भुवनेश्वर अधिकारीले रेडियोको अनएयर बाट प्रत्यक्षप्रसारण मार्फत कागको आवाज निकाली कराउदा रेडियो देउरालीको स्टुडियो रहेको भवनमा राखिएको स्पिकरबाट आवाज सुनेर कागहरु वरिपरि उड्दा आसपासका जनसमुदाय समेतले रमाइलो मान्दै घर घरको छत बाट अवलोकन गरेका थिए , त्यस्तै कार्यक्रमको सूचना पाएर १०१ मेगाहर्ज बाट समेत गाउँ बस्तीमा आवजलाई ठुलो भोल्युममा बजाएर राख्दा आफ्नो घर आगनमा समेत कागहरु आइरहेको विभिन्न स्थानबाट रेडियोको स्टुडियोमा फोन गरेर श्रोताले जानकारी गराएका थिए ।

यसरी रेडियो बाटै काग सम्मेलन गरेको देशमै पहिलो पटक भएको रेडियो देउरालीका कार्यक्रम प्रमुख कमल विष्टले दाबी गर्नुभयो ।उक्त कार्यक्रमलाई रेडियो अर्घाखाँचीले समेत प्रसारण गरेको थियो ।