केपी ओलीले एमालेको ६ करोड हिनामिना गरेपछि... - Himal Post Himal Post
  • १३ माघ २०८२, सोमबार
  •      Mon Jan 26 2026
Logo

केपी ओलीले एमालेको ६ करोड हिनामिना गरेपछि…



काठमाडौं । 

नेकपा एमालेले उम्मेदवार छनौट गर्न बसेको बैठकमा बबण्डर मच्चिएको बिशेष खुलासा भएको छ । ओली निवास बालकोटमा बसेको स्थाई समितिको बैठकमा एमालेका नेता माधव कुमार नेपालले केपी ओली संग ६ करोडको हिसाब खोजेपछि यस्तो बबण्डर मच्चिएको थियो ।

बैठक बस्नेबित्तिकै ६ करोड कता गयो भन्ने मुद्दा उठेपछि सबैको ध्यान मोडिएको थियो ।

बैठकको सुरूवातमै वरिष्ठ नेता माधव कुमार नेपालले ‘ पार्टीको नाममा सहयोग आएको ६ करोड खै ?’ भनेर प्रश्न गरे, ओलीले निकै चालबाजी तरिकाले बिषयलाई मोड्न खोजे, आँखाले इसारा पनि गरे तर नेता नेपालले लगातार यो बिषयलाई उठाएपछि ओली चिटचिट पसिनाले भरिए, अनुहार रातो पिरो भयो तर माधब नेपालले बिषय छोडेनन् ।

केहि उपाय नलागेपछि अध्यक्ष ओलीले यो बिषय यहाँ नउठाउनुस, छुट्टै बसेर बुझाउँला भनेर टार्ने कोशिस त गरे तर पनि माधव नेपालले फेहरिस्त मागिरहे ।

स्रोतका अनुसार केही सयमअघि एनआरएनका निवर्तमान अध्यक्ष शेष घलेले एमालेलाई ६ करोड सहयोग बुझाएका थिए । तर त्यो पैसा शनिबारसम्म पनि पार्टीको खातामा जम्मा नभएपछि नेता नेपालले सबैको अगाडि सो प्रसंग निकालेका थिए ।

कहाँ गयो ६ करोड ?

कुनैपनि उपायले काम नगरेपछि ओलीले सो सहयोग रकममध्ये दुई करोड पोलिटव्युरो सदस्य एवम् पूर्वमन्त्री युवराज कार्कीले र दुई करोड पूर्वमन्त्री महेश बस्नेतले लगेको जवाफ दिए तर, अध्यक्ष ओलीले त्यसबाहेकको दुई करोड यहाँ छ भनेर बताउन सकेनन । बरु बारम्बार यो विषय पछि उठाउँ, अहिले समानुपातिकको सूची टुंग्याउँ भन्दै पन्छाउन खोजे ।

तीन घन्टा बढी गलफती गरे पनि ६ करोड काण्ड नसुल्झिएपछि एमाले बैठक समानुपातिकको सूची टुंग्याउने विषयतिर त अघि बढ्यो । तर, समय घर्किसकेको थियो ।

पैसा कान्ड पहिलो होइन

०७० को निर्वाचनमा पनि व्यावसायिक घरानाकी राज्यलक्ष्मी गोल्छालाई पैसा लिएर समानुपातिकको सूचीमा राखेको र सांसद् नै बनाएको भन्दै चर्को आलोचना भएको थियो ।

त्यस्तै गत स्थानीय तहको निर्वाचनमा मोरङमा टिकट बिक्री गरेको भन्दै उजुरी परेपछि एमाले वैकल्पिक केन्द्रीय सदस्य रूपनारायण श्रेष्ठ कारवाहीस्वरूप पार्टी मुख्यालयमा तानिएका छन् । उनी मोरङ सह–इञ्चार्ज हुन् ।

त्यस्तै सोही प्रकरणमा एमाले सचिव एवम् १ नम्बर प्रदेश प्रमुख भीम आचार्यसमेत मुछिएका छन् ।

पैसा मागेको अडियो टेपसहितको उजुरी पार्टी अनुशासन आयोगमा दर्ता गरेको भए पनि महासचिव ईश्वर पोखरेलसमेत लागेर त्यो विषय त्यसै टुंग्याइएको भन्दै आलोचना भएको थियो ।