स्याङ्जा क्षेत्र नं २ “ख”बाट प्रदेश सदस्यको टिकट नेता ईश्वर खाँडले नै पाउने। - Himal Post Himal Post
  • ११ असार २०८३, बिहीबार
  •      Thu Jun 25 2026
Logo

स्याङ्जा क्षेत्र नं २ “ख”बाट प्रदेश सदस्यको टिकट नेता ईश्वर खाँडले नै पाउने।



कर्ण अधिकारी।

२०४२ सालमा रामपुर पाल्पा स्थित राम तुलसी माध्यमिक विद्यालयबाट नेपाल विद्यार्थी सङ्घको सदस्यता लिएर विद्यार्थी राजनीतिमा होमिएका ईश्वर खाँडले वर्तमान सम्म आई पुग्दा स्वदेश तथा विदेशमा रहेर पार्टी र सङ्गठनका लागि अतुल्नीय योगदान दिई रहनु भएको छ।आफ्नो राजनीतिक यात्राका दौडान नेपाली काँग्रेसको विदेश स्थित भातृसंगठन नेपाली जनसम्पर्क समिति हंगकंगको सभापति जस्तो गरीमामय पद सम्हालि सक्नु भएको छ भने नेपाली काँग्रेस स्याङ्जा क्षेत्र नं ३ को दुई कार्यकाल क्षेत्रीय सभापति बनी सक्नु भएको छ।आउँदै गरेको प्रदेशको निर्वाचनमा क्षेत्र नं २ स्याङ्जा “ख” को प्रदेश सदस्यको लागि सिफारिसमा पर्नु भएको छ।युवाहरू बिच निकै नै लोक प्रिय बन्नु भएका खाँड सबैसँग मिलनसार बनेर अगाडी बढी रहनु भएको छ।

स्याङ्जाको जनताको हक हितका लागि अहोरात्र खटिने खाँडले क्षेत्र नं २ ख बाट प्रदेश सदस्यका लागि टिकट पाउँने पक्का पक्की नै भई सकेको र टिकट पाएमा जित पनि सुनिश्चित रहेको छ।यदि स्याङ्जाले उहाँ जस्तो व्यक्ति पाएको खण्डमा समाजको विकासको लागि एउटा ताराको उदय हुने कुरा व्यक्त गर्छन् स्थानीयहरू।

स्याङ्जा क्षेत्र नं २ ख जिल्लाकै विकट र कम विकसित भएको क्षेत्र हो जहाँ बिजुली बत्ती,खाने पानी र सडक बिस्तार राम्रोसँग हुन सकेको छैन यी विकास निर्माण कार्यका लागि नेता खाँडले सहकार्य गरी रहनु भएको छ साथै आउँदा दिनहरूमा अझै सशक्त भएर समाज सेवामा लाग्ने प्रतिबद्धता जाहेर गरी सक्नु भएको छ।जनता नै जनार्दन हुन भन्ने धारणा बोकेका खाँड विद्यार्थी कालमा पंचायतको विरुद्धमा आवाज उठाउने र आन्दोलनमा होमिएको काँग्रेसको कर्मठ सिपाही भएकै कारण पार्टीले पनि उच्च मूल्याङ्कनका साथ टिकट दिने कुराले स्याङ्जाका जनता उत्साहित भएका छन्।