गगन थापालाई सिध्याउन सबै पार्टी खनिए - Himal Post Himal Post
  • १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
Logo

गगन थापालाई सिध्याउन सबै पार्टी खनिए



काठमाण्डाै ।

नेकपा माओवादी केन्द्र काठमाण्डौ ४ बाट संघीय सांसद प्रत्यक्ष उम्मेदवारमा दिपेश पुनलार्इ सिफारिस गरे पछि राजनितिले फरक मोड लिएको छ । विद्यार्थी राजनीतिमा चर्चामा रहेका दिपेश उपराष्टपति नन्दकिशोर पुनका पुत्र हुन ।

जनयुद्कालमा पनि चर्चा हुने गरेका पुनका छोरा दिपेश यतिवेला बाम गठबन्धनका विरूदमा लोकतान्त्रिक गठबन्धनबाट उठेका गगन थापालार्इ चुनौती थपिएको छ । नपत्ताएको खोलोले बगाउँने निश्चीत भन्दै दिपेश भने जनताको भावना अनुरूप आफ्नो उम्मेद्वारीमा पार्टीले मुल्याङकन गरेको हो ।

विवेकशील साझा पार्टीबाट काठमाडौं ४ मा गगनलाइ चुनौती दिदै २६ वर्षिया सुबुना बस्नेत पनि उम्मेदवार बनेकी छन । सुबुना र दिपेशको प्रतिस्पर्धा  यसपटक काँग्रेस नेता गगन थापासँग हुनेछ।

थापा यसअघि पनि काठमाडौं क्षेत्र नं ४ बाट विजयी भैसकेका छन्। स्थानीय तहको निर्वाचनमा काँग्रेसको काठमाडौं क्षेत्र नं ४ मा भोट घटेको आंकलन गरिएको छ।