लिङ्ग पहिचान गर्न असक्षम सरकारी कर्मचारी - Himal Post Himal Post
  • ११ असार २०८३, बिहीबार
  •      Thu Jun 25 2026
Logo

लिङ्ग पहिचान गर्न असक्षम सरकारी कर्मचारी



नरेन सापकोटा

नेपाली संगितिक क्षेत्रमा सुमाधुर स्वर र मोडलीङ्ग क्षेत्रमा जम्दै गरेकी भावना आचार्यको राहदानीमा भएको त्रुटिले गर्दा उनी कतारमा भएको साङ्गीतिक कार्यक्रममा सहभागी हुनबाट वञ्चित भएकी छिन । विगत केही दिन अगाडी कतारमा भएको साङ्गीतिक कार्यक्रमका लागि जाँदा आचार्यले नेपालको अध्यागमनबाट त अनुमति पाइन तर कतार एयर्रपोट पुगे पछि उनी पुनः नेपाल फर्किनु पर्‍यो। उनको राहधानिमा लिङ्ग महिला हुनु पर्नेमा पुरुष भएपछि उनी फर्किन परेको हो। तर यो विषयमा भने नेपालको सरकारी निकायले सम्म चाल पाएन जतिबेला उनी कतार जानकालागी अध्यागमन मा आफ्नो राहधानी  देखाईन।

दैलेखमा जन्मेकी आचार्यको नाममा ०९४१७१७२ नम्बरको राहदानी २०१५ डिसेम्बर २० मा जारीभएको छ। उनी कतारमा हुन लागेको संगितिक कार्यक्रमका लागि यही अक्टोबर ०५ मा नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै कतार पुगेकी थिइन। सिडियो जस्तो पदमा बसेकी प्रतिज्ञा राईले राहदानी नेहेरी आँखा बन्द गरेर साइन ठोक्नु भएको छ। सरकारी निकायका कर्मचारीको लापरवाहीले हुने यस्ता गल्तीले गर्दा सर्वसाधारणले सास्ति भोग्नु परेको छ।