राप्रपालाई फकाउँदै देउवाः हिन्दु राज्यमा सकारात्मक - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

राप्रपालाई फकाउँदै देउवाः हिन्दु राज्यमा सकारात्मक



काठमाडौं /असोज २३ 

प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक गठबन्धनलाई मजबुत गराउने उद्देश्यका साथ राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई सरकारमा आउन आग्रह गरेका छन् । थापासँग आइतबार अपराह्न भएको भेटमा देउवाले यस्तो गरेका हुन् ।

प्रधानमन्त्रीले सरकारमा सहभागी हुन गरेको आग्रहलाई सकारात्मक रूपमा लिँदै थापाले सोमबार बिहान पार्टी कार्यसम्पादन समितिको बैठक बोलाएका छन् । उक्त बैठकले सरकारमा जाने निर्णय गरेमा थापालाई महत्वपूर्ण मन्त्रालय दिएर सरकार पुनर्गठन हुने स्रोतको दाबी छ ।

राप्रपा उच्च स्रोतका अनुसार माओवादी मन्त्रीलाई हटाउन देउवाले सरकार विस्तार नभएर पुनर्गठन गर्ने भएका छन् । पुनर्गठित सरकारका थापालाई उपप्रधान एवं गृहमन्त्री बनाउने प्रवल सम्भावना छ ।

थापाले देउवासँग गृहसहित पाँचवटा मन्त्रालयको जिम्मेवारी मागेका छन् । राप्रपाका नेता एवं सामाजिक न्याय तथा मानव अधिकार समितिका सभापति सुशीलकुमार श्रेष्ठले सोमबार बिहान बस्ने पार्टी कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्रीबाट सरकारमा सहभागी हुन गरेको आग्रहसहितको प्रस्तावमा निर्णय हुन सक्ने बताए ।, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।