नेपालको पहिचान हिन्दू राष्ट्र : थापा - Himal Post Himal Post
  • ११ असार २०८३, बिहीबार
  •      Thu Jun 25 2026
Logo

नेपालको पहिचान हिन्दू राष्ट्र : थापा



काठमाडौ‌, असोज २१ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपालको पहिचान हिन्दू राष्ट्र भएकाले आफ्नो पार्टीले त्यसलाई स्थापित गर्न माग गरेको बताएका छन ।

नेपाल सनातान धर्म संस्कृति संगठनको शनिबार राजधानीमा उद्घाटन गर्दै अध्यक्ष थापाले तत्कालीन समयमा संविधान जारी गर्दा हिन्दू राष्ट्रको पक्षमा आवश्यक संख्या पु¥याउन नसकिएकाले संविधानमा त्यसलाई समेट्न नसकिएको बताए ।

संविधान जारी हुनुअघि मतदान गर्दा आफ्नो दलको २५ सांसद मात्र हिन्दू राष्ट्रको पक्षमा रहेको बताउँदै उनले भने, “नेपाल हिजो पनि हिन्दू राष्ट्रका रुपमा थियो, आज पनि छ, भोलि पनि रहिरहनेछ ।”

नेपाली समाजमा देखिएको सामाजिक सद्भाव तथा राष्ट्र र परिवारबीचको सम्बन्ध सनातन मान्यताका आधारमा कायम रहँदै आएको उनको भनाइ थियो ।

अध्यक्ष थापाले आफ्नो पार्टीले लिएको सर्वधर्म समभावसहितको हिन्दू राष्ट्रको वैचारिक दृष्टिकोणसँग निकट रहेका अन्य दलसँग सहकार्य र एकतासमेत हुनसक्ने बताए ।

नेपाली बाबाले नेपाल विश्वमा एकमात्र हिन्दू राष्ट्रको रुपमा रहेको बताए ।

गुरु पद्माचार्य, बिन्दवासिनी आध्यात्मिक संघका अध्यक्ष केशव चौलागाईं, हिन्दू जागरण नेपालका अध्यक्ष रामकृष्ण उपाध्याय, नेपाल सनातान धर्म संस्कृति संगठनका अध्यक्ष पुष्पराज पुरुषलगायतले धार्मिक क्षेत्रमा राजनीतिक चेतना अभिवृद्धि गरी नेपाललाई धर्मसापेक्ष सनातन हिन्दू राष्ट्र बनाउनुपर्नेमा जोड दिए ।रासस