डिआइजीकै हैसियतमा सिलवाल एमालेमा प्रवेश
काठमाडौं,२१ असोज ।
राजीनामा स्वीकृत नै नभई नेपाल प्रहरीका डिआइजी नवराज सिलवाल औपचारिक रुपमा राजनीतिक दलमा प्रवेश गरेका छन् ।
प्रहरी कर्मचारीको हैसियतमै उनी शुक्रबार नेकपा एमालेमा प्रवेश गरेका हुन् ।
भदौ २८ मा उनले दिएको राजीनामा स्वीकृत भएको छैन । आजको नागरिकमा यो खबर छ ।
राजीनामा स्वीकृत भई पेन्सनपट्टाको प्रक्रिया सुरु नभएसम्म सरकारी कर्मचारी बहालवाला पदमै कायम रहन्छन् ।