अन्ततःहुने भो तीन पार्टीबीच एकीकरण, सहमतिपत्रमा हस्ताक्षर । - Himal Post Himal Post
  • १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
Logo

अन्ततःहुने भो तीन पार्टीबीच एकीकरण, सहमतिपत्रमा हस्ताक्षर ।



काठमाडौं /असोज १७ ।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति पार्टी नेपालबीच सहकार्य तथा पार्टी एकीकरणका लागि सहमतिपत्रमा हस्ताक्षर भएको छ । आज (मंगलबार) साँझ राजधानीमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले समझदारी पत्रमा हस्ताक्षर गरे ।

तीन पार्टीबीच ६ बुँदे समझदारी भएको छ । समझदारीअनुसार तीन पार्टीले आगामी मंसिरमा हुने प्रदेश तथा प्रतिनिधि सभामा सहकार्य गर्नेछन् र चुनावलगत्तै पार्टी एकीकरणको प्रक्रिया सुरु हुनेछ ।