पितृको तस्बिर पूजा कोठामा कहिल्यै पनि नराख्नुहोस्, संकट निम्त्याउछ - Himal Post Himal Post
  • १२ माघ २०८२, आईतवार
  •      Sun Jan 25 2026
Logo

पितृको तस्बिर पूजा कोठामा कहिल्यै पनि नराख्नुहोस्, संकट निम्त्याउछ



काठमाडौँ,

हिन्दुधर्म अनुसार सोह्र श्राद्ध भनेको आफ्नो पितृहरुलाई श्रद्धापूर्व सम्झदैं पुजा गर्ने समय मानिन्छ। सोह्र श्राद्धमा श्राद्ध गर्नाले पितृले मुक्ती र शान्ति पाउने पनि विश्वास रहेको पाईन्छ । हिन्दुधर्मको चलनमा कतिपय मानिसहरुले आफ्नो पितृको तस्बिर पुजा कोठामा भगवानको तस्बिर नजिक वा सँगै राखेर पुजा गर्ने गर्छन् ।

वास्तुशास्त्रका अनुसार पितृको तस्विर पुजा कोठामा झुन्ड्याउनु हुँदैन। साथै भगवानको मुर्ति अथवा तस्विर नजिक राखी पुजा गर्नु असुभ मानिन्छ ।

हिन्दु धर्मअनुसार मानिसको मृत्युपछि उसको आत्माले शरीर छोड्ने र अर्को शरीरमा प्रवेस गर्ने गर्छ। र आत्मा अमर रहने भएकाले पुजा गर्नु उचित ठानिन्छ।

तर वास्तुशास्त्रको अनुसार भगवानको न जन्म न मृत्यु नै हुन्छ। त्यसैले राखेर पुजा गर्नु भगवानको निन्दा गर्नु हो भन्छ। किनकि भगवान् सँगै राखेर मृत व्यक्तिलाई पूजा गर्नु त भगवानकै निन्दा हो।

यदी कसैले पितृको तस्बिर र भगवानको तस्बिर संगै राखेर पुजा गर्छन् भने परिवारमा अशान्ति, दुर्भाग्य र आर्थिक संकट आउने छ । त्येसैले पूजा कोठा उत्तरपूर्व दिशामा राखी पुजा गर्नुपर्छ र पितृको तस्विर पुजा कोठा भन्दा बाहिर राखे उचित हुनेछ ।