नेपाल तरूण दलका पूर्व केन्द्रिय सदस्य पूर्ण गुरूङ्को कार्बाही फुक्का। - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

नेपाल तरूण दलका पूर्व केन्द्रिय सदस्य पूर्ण गुरूङ्को कार्बाही फुक्का।



बिश्वास पुरी।

नेपाल तरुण दलका पूर्ब केन्द्रीय सदस्य तथा पार्टीको पुर्ब महाधिवेशन प्रतिनिधि पुर्ण बहादुर गुरुङको कार्बाही फुकुवा भएको छ।दोस्रो संबिधान सभाको निर्बाचनमा बरिष्ठ नेता पौडेल बिरुद्ध तनहुँ क्षेत्र नं २ बाट बागि उमेदवार हुँदै चुनाब लडेका थिए।

जिल्ला कार्यसमिति तनहुँले कार्बाही फुकुवा गर्न यस अगाडि केन्द्रमा सिफारिस गरे पनि अहिले सम्म केन्द्रले गरेको थिएन। आगामी प्रदेश र केन्द्रीय सभामा गुरुङको प्रभाब निकै रहने देखे पछि बरिष्ठ नेता पौडेलले नै स्वयम् गुरुङको कार्बाही फुकुवा गर्न लागि परेका हुन ।

नेता पौडेलले मुख्य सचिबलाई फोन गरे पछि आईतबार नै मुख्य सचिवले उनलाई फुकुवा पत्र दिएका हुन । तरुण नेता गुरुङले तनहुँको प्रदेश नं १ बाट चुनाब लड्नको लागि पार्टीमा आफ्नो उमेदवारी दर्ता समेत दिई सकेका छन।