मृगौला पीडित बस्नेतलाई एम.जी.एममा कार्यरत नेपालीहरूद्वारा ४९ हजार सहयोग। - Himal Post Himal Post
  • २० मंसिर २०८२, शुक्रबार
  •      Fri Dec 5 2025
Logo

मृगौला पीडित बस्नेतलाई एम.जी.एममा कार्यरत नेपालीहरूद्वारा ४९ हजार सहयोग।



कर्ण बहादुर अधिकारी मकाउ,चीन।

सिटी अफ ड्रिम क्यासिनोमा कार्यरत कास्की जिल्ला साबिक सिद्ध पोखरी गा बि स वडा नं १ स्थायी घर भएको ध्रुब बस्नेतको छोरा वर्ष ३९ को  राजु बस्नेतको दुवै मृगौला फेल भएका कारण मकाउ स्थित सान्तेन हस्पिटलमा उपचार गराई हाल ललितपुर ज्वालाखेल स्थित अल्का हस्पिटलमा उपचार गराई रहनु भएको छ।

उहाँको एक मात्र विकल्प भनेको मृगौला प्रत्यारोपण नै भएको र उक्त उपचार गर्न बढी रकम लाग्ने र लामो समय सम्म औषधी सेवन गर्नु पर्ने हुँनाले उहाँको पारिवारिक आर्थिक अवस्थाले धान्न नसक्ने भएकोले उपचारका लागि आर्थिक सङ्कलन गरी दिनका लागि एम.जी.एम होटेल क्यासिनोमा कार्यरत रहनु भएका नेपाली दाजुभाइहरूलाई गरेको अनुरोधमा एम.जी.एममा कार्यरत कर्ण अधिकारीको संयोजकत्वमा मोप ३७१९।-(नेरू ४९,०००)आर्थिक सङ्कलन गरी एम.जी.एममा कार्यरत बाबुसिंह जिसी मार्फत मृगौला पीडित बस्नेतलाई २०१७/९/२४ तारीकका दिन हस्तान्तरण गरिएको छ।