व्यापार संघको शुभकामना आदानप्रदान - Himal Post Himal Post
  • १० असार २०८३, बुधबार
  •      Wed Jun 24 2026
Logo

व्यापार संघको शुभकामना आदानप्रदान



तिलोत्तमा, ६ असोज । तिलोत्तमा व्यापार संघले दंशै तिहार छठ लगायतका पर्वहरुको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

संघका अध्यक्ष झबिन्द्र प्रसाद कंडेलको अध्यक्षता र तिलोत्तमा नगरपालिकाका उपप्रमुख जागेश्वरी चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

त्यस अवसरमा नेकपा एमाले जिल्ला सदस्य तथा नगर इन्चार्ज मोहन चापागाई, एमाले जिल्ला सदस्य तथा नगर संयोजक यज्ञ गैरे, इन्जिनियर एशोसियसन लुम्बिनी अध्यक्ष दुजेन्द्र बस्नेत, औषधी व्यवसायी संघका केन्द्रिय उपाध्यक्ष लोकहरी श्रेष्ठ, वडा सदस्य हरि पौडेल, प्रेस चौतारी नेपाल रुपन्देहीका सचिव धिरज पौडेल, मिन प्रसाद पोखरेल, ढालानन्द चालिसे लगायतले बोल्नु भएको थियो ।

कार्यक्रम संघका प्रथम उपाध्यक्ष बाबुलाल भुसालको स्वागत, द्धितिय उपाध्यक्ष रामचन्द्र पाण्डेयको धन्यवाद ज्ञापन र महासचिव बिष्णु बरालको संचालनमा भएको थियो ।