भिरिङ्गी कस्तो रोग हो? कसरी सर्छ र उपचार के होला ? - Himal Post Himal Post
  • २० मंसिर २०८२, शुक्रबार
  •      Fri Dec 5 2025
Logo

भिरिङ्गी कस्तो रोग हो? कसरी सर्छ र उपचार के होला ?



नेपालका सहरी क्षेत्रदेखि गाउँगाउँसम्म सबैतिर यौन सम्पर्कका माध्यमबाट सर्ने रोग व्याप्त छ। मानिसको यौन आदतमा निर्भर रहने भएकाले यस्ता रोग कुनै वर्ग वा समुदायमा सीमित नरहन सक्छ। यौन सम्पर्कका क्रममा अथवा असुरक्षित यौन सम्पर्कका कारणले सर्ने रोगलाई हामी यौनरोग भनेर चिन्ने गर्छौं।

 

सिफिलिस नेपालमा व्याप्त रहेको यौनरोग हो। यसलाई नेपालीमा भिरिङ्गी भनिन्छ। प्रायः घुमिरहने र छाडा यौन स्वभाव भएका व्यक्तिलाई यसको संक्रमण ज्यादा हुन्छ। सिफिलिस लागेको व्यक्तिसँगको यौन सम्पर्कपछि केही दिनमा पुरुषको लिंगमा घाउजस्तो देखापर्छ।

केही दिनमा कतिपयको आफैँ निको भएर जान्छ भने कतिपयले एन्टिबायोटिक औषधि खाए पुग्छ। पुरुषका कारणले महिलामा पनि भिरिङ्गी सर्छ। उनीहरुको यौनांग वरपर घाउ देखिन्छ। प्रारम्भिक चरणमा आए एक दिनको एन्टिबायोटिक वा इन्जेक्सन लगाएपछि रोग नियन्त्रणमा आउँछ।

भिरिङ्गीको सुरुमा उपचार नभए जटिलता देखिने हुन्छ। उपचार नभएमा कतिपय गर्भवती महिलाको रोग शिशुहरुमा सर्न सक्छ। तर, तुलनात्मक रुपमा पुरुषहरुलाई भने समस्या हुँदैन। यो रोग लाग्नासाथ असुरक्षित यौनसम्पर्क राखे सर्ने जोखिम निकै उच्च हुन्छ। घाउ नै छ भने जोखिम ज्यादा हुन्छ।

डा. उत्सव शर्मा

(छाला तथा यौन रोग विशेषज्ञ डा. शर्मा नर्भिक अस्पतालमा कार्यरत छन् )

स्वास्थ्यखबरबाट