सुपा देवी देउराली ट्रावल्सको पदाधिकारी घोषणा - Himal Post Himal Post
  • ८ माघ २०८२, बुधबार
  •      Wed Jan 21 2026
Logo

सुपा देवी देउराली ट्रावल्सको पदाधिकारी घोषणा



हिमाल पोस्ट /नयाँ दिल्ली ,असोज २ 

भारतको राजधानी नयाँ दिल्लीमा सुपा देवी देउराली टुर एण्ड ट्रावल्सको आधिकारिक घोषणा भएको छ ।नेपाल आवाज पत्रिकाको कार्यालयमा भएको उक्त कार्यक्रममा ट्रावल्सले सुपा देउरालीबाट आर्थिक हिनामिना हुनुको साथै उक्त ट्रावल्स सस्थागत नभएर ब्याक्तिवादी सोच हुन थालेको र यात्रुहरुको समस्यालाई मध्यनजर गर्दै  नयाँ सस्था  बनाउनु परेको बताएका थिए ।

शेखर कुवरको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रवासी नेपाली संघका अध्यक्ष लोकनाथ भण्डारीलेउक्त ट्रावल्सले अन्य ट्रावल्स संग  स्वस्थ प्रतिष्पर्धा गर्दै राम्रो सुबिधा दियोस भन्दै  शुभकामना दिएका थिए भने मूल प्रवाहका धनबिर पुनले यात्रुहरुको मनोभावानालाई मध्यनजर गर्दै अगाडी बढेमा सफता मिल्ने बताएका थिए ।

नेपालीहरुको महान चाडवाड दशैँ तिहारको क्रममा खास गरि यात्रुहरुलाई  दिल्लीदेखि नेपाल यात्रामा सहज बातावरण होस भन्दै पछिल्लो समय धेरै जसो ट्रावल्सले यात्रुहरुलाई अलपत्र पार्ने ,बोर्डरमा दुख दिने जस्ता क्रियाकलापहरुभएकाले सो   बन्द गर्ने मनसायमा उक्त ट्रावल्स खोलिएको मुख्य कार्यसमितिका अध्यक्ष शेखर कुवरले बताए ।

ट्रावल्सको मूल समिती र कार्य समिति गरि दुई समुहमा विभाजन गरेका छन्   । मूल समितिमा शेखर कुवर अध्यक्ष, बिनबहादुर कुवर उपाध्यक्ष, देवेन्द्र कुवर कोषाध्यक्ष, विष्णुप्रसाद पौडेल सचिव, सुरेन्द्र पाण्डे सल्लाहकार र गोपाल पाण्डे सदस्य रहेको छन् भने  कार्यसमितिमा जंगबहादुर थापा(जेबी थापा ) अध्यक्ष , कृष्ण शर्मा उपाध्यक्ष, जीवन रसाइली महासचिव , विष्णु पोखरेल , करन छेत्री , ललित जीसी, एबी थापा, बुद्धि भुषाल सदस्य र टोमलाल पराजुली सल्लाहकारमा  छन् ।उक्त दुवै समितिको संयुक्त संयोजकमा भने दिल बहादुर खत्री रहेका छन् ।

ट्रावल्सले दिल्लीदेखि काठमाडौ, पोखरा ,बुटवल , स्याङ्जा , पाल्पा , गुल्मी , अर्घाखाँची , दाङ, प्यूठान लगायत नेपालका प्राय सबै जिल्लाका लागि दैनिक बस सेवा उपलब्ध गराउने बताएको छ ।

सात  जना पदाधिकारीको शेयरमा शुरु गरेको ट्रावल्सले आफुहरुको प्राथमिकता यात्रुहरुको सेवा सुविधा र सुरक्षा हुने जनाएको छ। समारोहमा बोल्दै यसका पदाधिकारीले सुपा देवी देउराली टुर एन्ड ट्रावल्स व्यक्ती विशेषका रूपमा नभई कयौंको शेयरमा कम्पनीका रूपमा स्थापित भएको भन्दै आफ्ना कुनै पनि सदस्यले यात्रुको सुलभता विपरित काम गरे कारवाही गरिने जनाएको छ।

उक्त ट्रावल्सले आफ्नै  नयाँ गाडीहरु पनि छिट्टै संचालनमा ल्याउने जानाकारी दिएको थियो  । कार्यक्रममा दिल्लीमा रहेका संघसस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो ।यात्रुहरुलाई भ्रममा नपर्न ट्रावल्सले दिल्ली देखि गुल्मी सम्मको भाडा रु १८०० ,दिल्ली देखि अर्घाखॉची रु १५०० र दिल्ली देखि बुटबल सम्मको  रु १४०० रहेको जनाकारी पनि गराएको थियो ।

तस्बिर :गोपाल भारद्वाज