हिन्दू अधिराज्य कायम गर ! भन्दै वीरगञ्जमा विरोध जुलुस - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

हिन्दू अधिराज्य कायम गर ! भन्दै वीरगञ्जमा विरोध जुलुस



हिन्दू अधिराजय स्थापना गर्न माग गर्दे वीरगञ्जमा विरोध जुलुस निकालिएको छ । वरिगञ्जको घण्टाघरबाट निकालिएको विरोध जुलुस माईस्थान, आदर्शनगर,अलखियामठ हुँदै पुनः घण्टाघरमा पुगी कोण सभामा परिणत भएको थियो ।

हजारौँको संख्यामा निस्किएको जुलुसमा सहभागीहरुले हिन्दू अधिराज्य कायम गर, जय श्री राम, गणतन्त्र नेपाल मुदाृबाद जस्ता नाराहरु लगाइएको थियो ।

शिवसेना नेपालका अध्यक्ष अनिल बस्नेतको नेतृत्वमा पनकालिएको जुलुसमा नेपाल बिद्वत परिषदका केन्द्रिय अध्यक्ष जितबहादुर अर्जेल, हिन्दु पुन स्थापना मंचका राष्ट्रिय अध्यक्ष विष्णु बराल,राष्ट्रिय सरोकार मञ्चका राष्ट्रिय अध्यक्ष सोम विक्रम शिंह, विश्वहिन्दु महासंघका केन्द्रिय सदस्य पृथ्वी प्रसाद झाका स्थानियहरुले जय श्री रामतथा नेपालको झण्डा बोकेका थिए ।

 

यसैबीच हिन्दु राष्ट्र स्थापनाका लागि आफ्ना ज्यान गुमाएका स्वर्गीय काशिनाथ तिवारीको शालिकको अनावरण गरिएको छ । घण्टाघरस्थित बिपि उद्दानमा तिवारीको शालिक अनावरण गरिउको हो । स्वामी बालयोगी श्री श्रीनिवासाचर्यले स्वर्गीय तिवारीको शालिक अनावरण गरेका हुन् ।