बुटवल उद्योग वाणिज्य संघको अधिबेशन असोज २५,२६ र २७ गते हुने - Himal Post Himal Post
  • ५ पुष २०८२, शनिबार
  •      Sat Dec 20 2025
Logo

बुटवल उद्योग वाणिज्य संघको अधिबेशन असोज २५,२६ र २७ गते हुने



भदौ २८,बुटवल उद्योग वाणिज्य संघको २३ औ अधिबेशन तथा ६४ औ बार्षिक साधारण सभा आउदो असोज २५, २६ र २७ गते हुने भएको छ ।
संघको आज सम्पन्न कार्यसमितिको बैठकले असोज २५ गते साधारण सभा तथा अधिबेशन उदघाटन तथा बन्द सत्रको कार्यक्रमर त्यसपछी निर्वाचनको कार्यक्रम गर्ने निणर्य गरेको छ ।संघका अध्यक्ष महेशमान सिंहको सभापतित्वमा संघ सचिवालयमा बसेको बैठकले सभा तथा अधिबेशन तयारी र व्यवस्थापनका लागि बिभिन्न उपसमिति गठन गरेको छ । महासचिव हरी अर्यालको संयोजकत्वमा स्मारिका प्रकाशन, कार्यसमिति सदस्य नरीश्वर पौडेलको संयोजकत्वमा खाना तथा जलपान, मनोज ध्वजुको संयोजकत्वमा स्टेज तथा मञ्च निर्माण, अनुपमान सैजूको संयोजकत्वमा प्रस्ताव लेखन, सुनिलकृष्ण कसजुको संयोजकत्वमा मत सर्बेक्षण र नबिन श्रेष्ठको संयोजकत्वमा किट ब्याग व्यवस्थापन उपसमिति गठन गरीएको छ । त्यस्तै संघका सल्लाहकार तथा पुर्वअध्यक्ष अर्जुनमान सैजूको संयोजकत्वमा आर्थिक पत्रकारिता पुरस्कार छनौट र सल्लाहकार तथा पुर्वअध्यक्ष निर्मल प्रसाद लाकौलको संयोजकत्वमा उद्योगि तथा व्यवसायी सम्मान छनौट समिति गठन गरीएको छ ।
बैठकले अधिबेशन सम्पन्न गर्न संघका कानुनी परामर्शदाता अधिबक्ता बाबुराम पाण्डेलाई प्रमुख निर्वाचन अधिकृतको जिम्मेवारी दिएको छ ।