गच्छदारलाई निर्वाचन आयोगको २४ घन्टे स्पष्टीकरण - Himal Post Himal Post
  • १० असार २०८३, बुधबार
  •      Wed Jun 24 2026
Logo

गच्छदारलाई निर्वाचन आयोगको २४ घन्टे स्पष्टीकरण



भदौ २५, काठमाडौं

निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गरेको भन्दै उपप्रधान तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारलाई २४ घन्टे स्पष्टीकरण सोधेको छ।

गच्छदारकै दल फोरम लोकतान्त्रिकबाट वीरगन्ज महानगरपालिकाको प्रमुखका उम्मेदवार विमलप्रसाद श्रीवास्तवलाई पनि आयोगले उम्मेदवारी किन रद्द नगर्ने भनी स्पष्टीकरण सोधेको छ।

प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवको अध्यक्षतामा शनिबार बसेको बैठकले उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री गच्छदार र उनीसम्बद्ध पार्टीका नेता-कार्यकर्ताले वीरगन्जमा २०/२५ वटा गाडी र सय वटाभन्दा बढी मोटरसाइकलको र्‍याली जुलुस निकालेर आचारसंहिता उल्लंघन गरेको भन्दै स्पष्टीकरण सोधेको हो।

बैठकले आचारसंहिता उल्लंघन गरेबापत वीरगन्जका मेयर उम्मेदवार श्रीवास्तवलाई उम्मेदवारी किन रद्द गर्नु नपर्ने हो, २४ घन्टाभित्र स्पष्टीकरण उपलब्ध गराउन भनेको छ।