१३ घण्टामा ३३७ भूकम्पका धक्का, मर्नेको संख्या ६० भन्दा बढी - Himal Post Himal Post
  • १० असार २०८३, बुधबार
  •      Wed Jun 24 2026
Logo

१३ घण्टामा ३३७ भूकम्पका धक्का, मर्नेको संख्या ६० भन्दा बढी



एजेन्सी :
मेक्सिकोमा ८.२ म्याग्निच्युटको भुकम्प गएको छ । बिहीबार राति गएको ८.२ म्याग्निच्यूडको भूकम्पमा परी मृत्यु हुनेको संख्या ६० पुगेको छ ।

मेस्किकोको राष्ट्रिय भूकम्प सेवा ‘एसएसएन’ले शुक्रबार दिएको जानकारी अनुसार १३ घण्टाको बीचमा ३३७ भूकम्पका धक्का महसुस गरिएको चिनियाँ समाचार संस्था सिन्हवाले जनाएको छ।

प्रशान्त महासागर केन्द्र बिन्दु भएर गएको शक्तिशाली भूकम्पका कारण १२ राज्यका ५ लाख व्यक्ति प्रभावित भएको सिन्हवाले खबर दिएको छ । मेक्सिकन सरकारका अनुसार भूकम्पबाट अवरुद्ध भएका अधिकांश स्थानका सञ्चार, सडक, रेल्वे, हवाइमार्ग, बन्दरगाह हरु सञ्चालनमा आएका छन् ।