रुपन्देहीको रोहिणी गाउंपालिकाका बाढि प्रभावितहरुलाई राहत सामग्री प्रदान - Himal Post Himal Post
  • ९ असार २०८३, मंगलवार
  •      Tue Jun 23 2026
Logo

रुपन्देहीको रोहिणी गाउंपालिकाका बाढि प्रभावितहरुलाई राहत सामग्री प्रदान



मणिग्राम, भदौ २१ । रुपन्देहीको रोहिणी गाउंपालिकाका बाढि प्रभावितहरुलाई राहत सामग्री प्रदान गरिएको छ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रुपन्देहीको सहयोग तथा उपशाखा धकधईको आयोजनामा गैरखाद्य राहत सामग्री प्रदान गरिएको हो ।

बाढि पिडित १ सय ४ घरपरिवारलाई त्रिपाल,कम्बल, लत्ताकपडा, भांडाकुडां प्रदान गरिएको जिल्ला शाखा अधिकृत कृष्ण मल्लले जानकारी दिनुभयो ।

उंहाका अनुसार साउन महिनामा आएको बाढिबाट पिडित बनेका रोहिणी गाउंपालिकाका ५० घरपरिवारलाई यसअघिनै राहत सामग्री प्रदान गरिएको थियो।

राहत वितरण कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाइटीका केन्द्रिय उपाध्यक्ष सुर्दशन नेपालले मानविय सेवाभावले राहत सामग्री प्रदान गरिएको बताउनुभयो।

उंहाले जस्तोसुकै विपतमा परेका नागरिकहरुको उद्धार,साहायता र मानविय सेवामा रेडक्रस सधैं तत्पर रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा बोल्दै रोहिणी गाउंपालिकका अध्यक्ष सनोज कुमार यादवले विपत्तीमा परेका नागरिकको सहायता गर्नु सबैको कर्तव्य भएको बताउनुभयो ।

उंहाले रेडक्रस सोसाइटीले हाल सम्म गरेको सहयोगको सह्राना गर्दै गाउंपालिका पनि नागरिकको दैनिकिलाई सामान्य अवस्थामा ल्याउन कृयासिल रहेको बताउनुभयो ।

रेडक्रस सोसाइटी नेपाल रुपन्देही शाखाका कार्यवाहक अध्यक्ष दिपक क्षेत्री न्यौपानेले बाढिका कारण यसबर्ष रुपन्देही जिल्लामा ४ सय ४३ घरमा क्षती पुगेको जानकारी दिनुभयो ।

उंहले २ सय २ घर पूर्ण क्षती भएको र २ सय ४१ घरमा आशिंक रुपमा क्षती पुगेको जानकारी गराउनुभयो । रेडक्रसकोतर्फबाट हाल सम्म २ सय ८० परिवारलाई राहत उपलब्ध गराइएको का.व अध्यक्ष न्यौपानेले बताउनुभयो ।

कार्यक्रम रेडक्रस सोसाइटी धकधई उपशाखाका अध्यक्ष अनिल कुमार कौशलको अध्यक्षतामा भएको थियो । रेडक्रस सोसाइटीको तथ्याङक अनुसार बाढिका कारण सबैभन्दा धेरै रोहिणी गाउंपालिकामा क्षती पुगेको छ ।