नेपाल आइडलमा नि:शुल्क भोट यसरी गर्नुहोस - Himal Post Himal Post
  • ७ माघ २०८२, मंगलवार
  •      Tue Jan 20 2026
Logo

नेपाल आइडलमा नि:शुल्क भोट यसरी गर्नुहोस



भदौ २१, काठमाडौँ ।

नेपालको चर्चित रियालिटी शो नेपाल आइडलमा यो हप्ता भोट गर्दा पैसा नलाग्ने भएको छ।

गत हप्ताको नो एलिमिनेसन एपिसोडपछि सामाजिक सञ्जालमा देखिएका दर्शकका गुनासा सम्बोधन गर्न आयोजकले आइडलको एपमार्फत निशुल्क भोटिङको व्यवस्था गरेको हो। आयोजकले नेपाल आइडलको आधिकारीक फेसबुक पेज मार्फत यस्तो जानकारी दिदै नेपाल आइडलको एप डाउनलोड गरेर मन लागेका प्रतिस्पर्धीलाई पाँच पल्टसम्म भोट गर्दा पैसा नलाग्ने यस्तो बताएको हो।

नेपाल आइडलमा अहिले चार प्रतिस्पर्धी रहेका छन्। आउँदो शुक्रबार बुद्ध लामा, निशान भट्टराई, प्रताप दास, सागर आले मध्ये एक जना प्रतिस्पर्धी बाहिरे छन्। नेपाल आइडलको समापन सेप्टेम्बर २२ मा कतारमा हुने आयोजकले यस अघि नै जानकारी दिइसकेको छ।

साथै कार्यक्रमका बारेमा गुनासा तथा जिज्ञासा राख्दा सभ्य र शिष्ट भाषाको प्रयोग गरी आफ्नो सही व्यक्तित्व प्रस्तुत गर्न समेत आयोजकले सबैमा आग्रह गरेको छ।