माधब नेपालसंग किन माग्यो निर्वाचन आयोगले २४ घण्टे स्पष्टिकरण - Himal Post Himal Post
  • ९ असार २०८३, मंगलवार
  •      Tue Jun 23 2026
Logo

माधब नेपालसंग किन माग्यो निर्वाचन आयोगले २४ घण्टे स्पष्टिकरण



१३ भदौ, काठमाडौं ।

निर्वाचन आयोगले एमालेका नेता माधव कुमार नेपालसँग २४ घण्टे स्पष्टिकरण सोधेको छ । निर्वाचन आचारसंहिता विपरीत पार्टीको निर्वाचन  प्रचार प्रसारमा गरेको भन्दै आयोगले स्पष्टिकरण मागेको हो ।

बीरगञ्जमा सोमबार आयोजित घरदैलो कार्यक्रममा नेता नेपालसहितका नेता-कार्यकर्ताले पार्टीको निर्वाचन चिहृन अंकित टोपी लगाएको पाइएको आयोगले जनाएको छ ।

आयोगको निर्णयमा भनिएको छ, ‘निर्वाचन आचारसंहिताविपरीत पार्टीको चुनाव चिन्ह अंकित टोपी लगाई चुनावी प्रचार प्रसारमा संलग्न पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल तथा नेकपा (एमाले)लाई निर्वाचन आचारसंहिता उल्लङ्घन गरेउपर कारबाही किन नगर्ने भन्नेसम्बन्धमा २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिने ।’