तरुण दल अमेरिकाको ७ लाख बाढीपीडितलाई - Himal Post Himal Post
  • ९ असार २०८३, मंगलवार
  •      Tue Jun 23 2026
Logo

तरुण दल अमेरिकाको ७ लाख बाढीपीडितलाई



काठमाडौं:

भारी वर्षाका कारण देशका विभिन्न क्षेत्रमा गएको बाढी र डुवानमा परका पीडितहरुलाइ नेपाल तरुण दल अमेरिका शाखाले आर्थिक सहयोग गरेको छ।

नेपाल तरुण दलले सुरु गरेको ‘एक तरुण एक राहत अभियान’ कार्यक्रम अन्तर्गत तरुण दल अमेरिकाले सहयोग गरेको तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले विज्ञप्तिमार्फत जनाएका छन्।

विज्ञप्तिका अनुसार तरुण दल अमेरिकाले सात लाख सात हजार सात सय सतहत्तर रुपैँया (७,०७,७७७) सहयोगको जनाइएको छ। अध्यक्ष बस्नेतले चाँडै बाढीप्रभावित क्षेत्रमा पुगेर राहत वितरण गरिने बताए।

तरुण दलले सुरु गरेको राहत संकलन अभियानमा अहिलेसम्म व्यक्तिगत र संस्थागत रुपमा नगदसहित अन्य आवश्यक सामग्री सहयोग गर्नेहरुको संख्या बढ्दै गएको बस्नेतले बताए।