को हुन् धर्मगुरु "रहिम" रकस्टार बाबा ? - Himal Post Himal Post
  • ९ असार २०८३, मंगलवार
  •      Tue Jun 23 2026
Logo

को हुन् धर्मगुरु “रहिम” रकस्टार बाबा ?



अनौठो व्यक्तित्वका पारखी गुरमीत राम रहिम सिंह डेरा सचा सौदाका प्रमुख हुन्। उनले संगठन मानवीय सेवा तथा परोपकारमा संलग्न सामाजिक कल्याण तथा धार्मिक संगठन वेबसाइटमार्फत चलाएका छन्।

रंगीचंगी पोशाक लगाउन मन पराउने उनी झट्ट हेर्दा कुनै चर्चित रक गायकको जस्तो देखिन्छन्। साथै उनले समर्थकको मन जित्‍न आधा दर्जन म्युजिक भिडियो समेत बनाएका छन्। नियमित रुपमा सांगीतिक समारोहमा दशौं हजार समर्थक भेला भएका बेला उनले ‘रक कन्सर्ट’हरुमा सहभागी हुने गर्छन्।

विश्वभर पाँच करोड समर्थक रहेको दाबी उनको संगठनले गरेको छ । यति हुँदाहुँदै पनि उनले बालिका शिशु भ्रुणहत्या विरुद्ध अनि यौनकार्यमा संलग्न महिलाको सुधारका लागि अभियान चलाएको उल्लेख गरेको छ।

त्यतिमात्रै नभएर उनको समूहले स्कूल तथा अस्पतालहरु सञ्चालन गरेको बताएको छ।पछिल्ला केही महिनामा डेरा प्रमुख विवादमा परेका थिए जब उनीमाथि आफ्ना चार सय समर्थकलाई ईश्वरसँग अझ निकट हुनका निम्ति नपुंसक बन्‍न बाध्य पारेको आरोप लागेको थियो। उनीमाथि धेरै महिलालाई बलात्कार गरी हत्‍या गरेको आरोप छ। बीबीसी