रकस्टार बाबाको समर्थनमा उत्रेका १३ जनाको मृत्यु - Himal Post Himal Post
  • २० मंसिर २०८२, शुक्रबार
  •      Fri Dec 5 2025
Logo

रकस्टार बाबाको समर्थनमा उत्रेका १३ जनाको मृत्यु



९ भदौ, काठमाडौँ ।
बलात्कारको सजाय सुनाइएका उत्तर भारतका धार्मिक नेता राम रहिमको समर्थनमा उत्रिएका केही समूहलाई नियन्त्रणमा लिँदा कम्तीमा पनि १३ जनाले ज्यान गुमाएका छन्।

प्रहरीको गोली लागि ज्यान गुमाउनेहरु राम रहिमका भक्क रहेको अनुमान गरिएको छ। उनका नाममा चन्डीगढ नजिकै हिंसा भड्किएको छ। उनका समर्थकहरुले तोडफोड जारी राखेका छन्। कम्तीमा पनि दुई रेल वे स्टेसनहरु आक्रमणकारीको चपेटमा परी आगजनी भएको छ। उनीहरूले गाडी तथा मिडियाका ओबी भ्यानसमेत जलाएका छन्।

१३ जना मरेको सूचना भने अस्पतालले जारी गरेको छ ।

दारा सच साउदका रूपमा चिनिने उनको मुख्य आश्रममा सन् २००२ मा दुई जना महिलामाथि बलात्कार मुद्दामा उनी दोष ठहरिएका थिए।

आजै उनको मुद्दामा फैसला हुनासाथ २ लाख भन्दा बढी समर्थकहरु सडकमा उत्रिएका थिए।

हजारौँको सङ्ख्यामा सेना, प्रहरी र अर्धसैनिक बल परिचालन गरिएको छ। तिनीहरूले अश्रु ग्यास, पानीका फोहरा फ्याकेर नियन्त्रणको प्रयास गरिरहेका छन्।

दर्जनौं मानिसहरू झडपमा परी घाइते भएका छन्। पञ्जावका धेरै ठाउँमा कर्फ्युसमेत लगाइएको छ।

हिंसा भारतको राजधानी नयाँ दिल्लीसम्मै फैलिएको छ। दिल्लीमा बसमाथि आगलागी भएको छ भने रेलका दुई डिब्बा जलाइएको छ। उनलाई सोमबार सजायँ तोकिने सम्भावना छ।

रकस्टार बाबाका रूपमा समेत परिचय बनाएका उनका फिल्महरु छन्। व्यवसायमा उनी उत्तिकै सक्रिय छन्।