‘बढीले पुल बगायो, कसरी स्कुल जानु ? - Himal Post Himal Post
  • १७ बैशाख २०८१, सोमबार
  •      Mon Apr 29 2024
Logo

‘बढीले पुल बगायो, कसरी स्कुल जानु ?



मोरङ, ७ भदौं । 

मोरङ र सुनसरीलाई छुट्याउने बुढीखोलामा हरेक साल बाढी आउँछ, जान्छ तर पछिलो बाढीले बस्तीमा भेल मात्र पसेन, खोलामा बनाइएको पुलसमेत क्षतविक्षत बनायो ।

वारिपारिका बासिन्दाका लागि त्यो पुल सारथी थियो । किनमेल गर्न होस् या मजदुरी गर्न, राजमर्गका पक्की पुलसम्म आउनु पर्ने समय झोलुङ्गे पुलले बचाएको थियो ।

उक्त पुल बस्तीका सर्वसाधारणका लागि भन्दा पनि इटहरीबाट मोरङका स्कुल पढ्न आउने विद्यार्थीका लागि महन्वपूर्ण थियो । तर, बाढीले पुल त बगायो बगायो, सोही पुल हुँदै स्कुल पुग्ने इटहरी ९ मरिक टोलका दुई दर्जन विद्यार्थीको पढाईसमेत छुटायो ।

अहिले बस्तीबाट टाढा भएको आफ्नो विद्यालय हेर्दै दिन कटाउँछन् मरिक टोलका विद्यार्थी । पुल भएको ठाउँका संरचना बगेका छन्, पुलको आधा भाग पारि किनारमा तैरिरहेको छ । खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा  छ ।