नयाँ शक्तिले पायो चुनाव चिह्न - Himal Post Himal Post
  • १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
Logo

नयाँ शक्तिले पायो चुनाव चिह्न



काठमाडौं ,भदौ ६ ।

असोज २ गते हुने स्थानीय तह तेस्रो चरणको चुनावमा नयाँ शक्तिले नेकपा संयुक्तको चुनाव चिह्न हँसिया प्रयोग गर्ने भएको छ ।

आजको नागरिक दैनिकमा खबर छ– नयाँ शक्तिका नेता पर्शुराम खापुङले तेस्रो चरणको चुनावमा नेकपा संयुक्तको चुनाव चिह्न प्रयोग गर्ने निर्णय भएको र यसका लागि कानुनी प्रक्रिया सुरु भएको बताए ।

फोरम नेपालले आफ्नो चुनाव चिह्न प्रयोग गर्न नदिने निर्णय गरेपछि नयाँ शक्ति अप्ठेरोमा परेको थियो । यसअघिका चुनावमा नयाँ शक्तिले फोरम नेपालको चिह्न प्रयोग गरेको थियो ।

निर्वाचन आयोगले नयाँ शक्तिलाई दलीय हैसियतमा चुनाव चिह्न प्रयोग गर्न दिएको छैन ।