विना सम्झौता अनसन तोड्दै डा. केसी - Himal Post Himal Post
  • २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
Logo

विना सम्झौता अनसन तोड्दै डा. केसी



 

३१ साउन, काठमाडौँ
२३ दिन लामो एघारौँ अनसनमा रहेका डा. गोविन्द केसीले विना सम्झौता आमरण अनसन तोड्ने तयारी गरिरहेका छन् ।

अन्य माग सम्बोधन भए पनि चिकित्सा शिक्षा विधेयक भने सम्बोधन भएको छैन ।

केही दिन यताको भीषण वर्षाका कारण देशभर बाढी पहिरोको विषम परिस्थितिलाई मध्यनजर गरेर अनसन तोड्न लागिएको नताइएको छ ।
डा. केसीले अनसन तोड्नु अघि चिकित्सा शिक्षा विधेयकबाहेकका माग भने सम्बोधन भएको छ ।

त्रिभुवन विश्वविद्यालयले मेडिकल कलेजको सिट र शुल्क निर्धारणको अधिकार आईओएममा फिर्ता गरेको छ । ‘सट र शुल्क निर्धारणका सम्बन्धमा आईओएमले जे सिफारिस गर्छ, सिनेटमा लैजान्छौं भनेर डिनलाई लेखी पठाएको छु,’ त्रिवि उपकुलपति तिर्थ खनियाले अनलाइनखबरलाई बताए ।

आईओएमको स्वायत्तता सम्बन्धी अध्यन गरेर सुझाव दिन गठन भएको कार्यदलले दिएको रिपोर्ट पनि त्रिवि सिनेटमा पेस गर्ने बचन खनियाले दिएका छन् ।