डाक्टरको सुझाब: बाढी प्रकोप क्षेत्रमा यसरि साबधानी अपनाउनुहोस ! ( सक्दो सेयर गरिदिनुहोला )
अत्यधिक वर्षाको कारणले देशभरि बाढी र पहिरोको जोखिम बढिरहेको बेला प्रकोपबाट सुरक्षित हुनको लागि जनस्वास्थ्य बिशेषज्ञ डा. रबिन्द्र पाण्डेले निम्न सुझाबहरु दिनुभएको छ ।
– जति छिटो सकिन्छ, जोखिम ठाउँबाट सुरक्षितस्थानमा जाऔं ।
– नियमित औषधि खाने बिरामीले केही दिनको औषधि साथमा राखौं ।
– सम्भव भएसम्म खानेपानी र तयारी खानेकुरा साथमा राखौं ।
– बच्चाको लागि दूध लगायतका आहार राखौं ।
– बाढीको पानी सेवन नगरौं ।
– बाढीको क्रममा तथा पछि हुन सक्ने टाइफाइड, झाडाबान्ता, हेपाटाइटिस तथा सर्पदंश लगायतबाट बचौं ।
– आफ्नो मोबाइल फोन अनावश्यक चलाएर ब्याट्री नसकौं ! अत्याबश्यक अवस्थाको लागि ब्याट्री बचाउने उपाय गरौँ ।
– लठ्ठी, टर्च लाइट, सिठ्ठी लगायत आवश्यक बस्तु आफूसँग राखौं ।
– पैसा, गहना, नागरिकता/पासपोर्टजस्ता महत्त्वपूर्ण सामान सुरक्षित राखौं ।
– नियमित रूपमा रेडियो, एफ एम सुनेर सूचना पाउनको लागि सानो रेडियो साथमा राखौं ।
– बालबालिका, बृद्धबृद्धा,बिरामी तथा अशक्त व्यक्तिलाई पहिलो प्राथमिकता दिएर सुरक्षित स्थानमा राखौं ।
– एक्लै होइन समुदायसँग सँगै बसौं ।
– घरमा सुत्दा पालो गरेर सुतौं ।
– भूकम्पमा जस्तै झट्पटे झोला ( अत्याबश्यक सामान राखेको ) तयार गरेर राखौं ।
– पानी जमेको ठाउँमा खाडल, दरार वा अन्य खतराको अवस्था हुनसक्छ । तसर्थ लठ्ठी वा अन्य कहिले गहिराइ पत्ता लगाएर मात्र हिडौ ।
– नियमित मौसमबारे जानकारी हासिल गरौँ ।
– प्रकोपको अवधिमा सकभर जोखिम ठाउँमा यात्रा नगरौं ।
– सुरक्षा र उद्धार समूहको फोन नम्बर खोजेर राखौं र गाह्रो परेमा सहयोग मागौं ।
– विपत्तिको बेला सम्पत्तिको मात्र माया नगरौं ! आफू बाँचौं, अरूलाई बचाऔं ।
डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य बिशेषज्ञ