अनेरास्ववियु लुम्बिनीको स्वागत तथा सांस्कृतिक कार्यक्रम सम्पन्न - Himal Post Himal Post
  • ९ असार २०८३, मंगलवार
  •      Tue Jun 23 2026
Logo

अनेरास्ववियु लुम्बिनीको स्वागत तथा सांस्कृतिक कार्यक्रम सम्पन्न



बुटवल /साउन २७ 

अनेरास्ववियु क्याम्पस कमिटी लुम्बिनी इन्जीनियरिंग    कलेजद्वारा  वृहत स्वागत तथा सांस्कृतिक कार्यक्रम २०७४ बिहिवार सम्पन्न भएको    छ ।

तिलोत्तमा नगरपालिकाका मेयर वासुदेव  घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा ,विशिष्ट अतिथि उपमेयर जागेश्वरी चौधरी,अतिथिहरु नेकपा एमाले जिल्ला सदस्य एवं विद्यार्थी नेता बाबुराम पन्थी ,रापस श्रीजना क्षत्री ,बिनोद बोहोरा, अनेरास्ववियु जिल्ला अध्यक्ष्य बालकृष्ण पाण्डे , पियु जिल्ला अध्यक्ष आशिष पाठक  ,क्षेत्र नं ३, क्षत्रीय अध्यक्ष सागर सापकोटा आदिको  उपस्थिति रहेको थियो ।

कार्यक्रममा मुख्य केन्द्र बिन्दु  नेपाल आईडलका अफ्सर अलि र हास्य कलाकार पुर्षोत्तम भण्डारी(पुर्खे बा) को जोडदार प्रस्तुति रहेको थियो । सोहि अवसरमा बिभिन्न तहमा अध्यानरत बिद्यार्थीले पनि आफ्नो प्रस्तुति दिएका थिए ।

कार्यक्रम क्याम्प कमिटी अध्यक्ष तुल्सीराम वोस्तीको सभापतित्व र मनिष  भण्डारीको संचालमा सम्पन्न भएको थियो ।